Sat. Jan 18th, 2025

दुई टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी–२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । क्यानले बुधबार आयरल्यान्ड र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’सँग टी(२० खेल्नेछ । त्यसपछि नेपाल भारतमा जानेछ । फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी(२० आई सिरिज हुनेछ ।

नेपालले पहिलो खेल चैत्र १८ गुजरातसँग खेल्नेछ । दोस्रो खेल चैत्र २० मा बरोडासँग खेल्नेछ । चैत्र २१ गुजरातसँग खेल्नेछ । त्यस्तै सिरिजको अन्तिम खेल चैत्र २३ मा बरोडासँग खेल्नेछ । फाइनल चैत्र २५ हुनेछ । सिरिजमा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

About The Author

अन्य समाचारहरु: