Mon. Apr 15th, 2024

सबैभन्दा खराब हावाको गुणस्तर भएका देशहरूको सूचीमा नेपाल शीर्ष १० स्थानमा

काठमाडौँ – स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० स्थानभित्र नेपाल पनि परेको छ । नेपाल यो सूचीमा आठौँ स्थानमा रहेको छ ।

सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले बंगलादेशको हावा सबैभन्दा खराब छ। त्यसपछि क्रमशः छिमेकी मुलुक पाकिस्तान र भारत रहेका छन् । रिपोर्टका अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको छ ।

चौथो स्थानमा तजिकस्तान, पाँचौँ स्थानमा बुर्किना फासो, छैटौँ स्थानमा इराक र सातौँ स्थानमा यूएई रहेका छन् । नवौँ स्थानमा इजिप्ट रहँदा दशौँ स्थानमा डेमोक्रिटक रिपब्लिक अफ कङ्गो रहेको छ । चीन १९ औँ स्थानमा रहँदा अमेरिका १ सय २ औँ स्थानमा छ ।

About The Author

Loading...

अन्य समाचारहरु: