Sun. Apr 14th, 2024

केकी अधिकारीको ‘बोक्सीको घर’को शीर्ष गीत सार्वजनिक

काठमाडौं– केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक भएको छ । गीतमा सुलक्षण भारतीको शब्द, मनिष निरौलाको संगीत, स्वीअरिती र निहारिकाको स्वर छ ।

भिडियोमा केकी र भारती फिचर्ड छन् । भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ । गीतले कथावस्तुलाई पूरै खुलाएको छैन । धेरै पक्षलाई रहस्यमै राखिएको छ ।

आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि रहेर केकीले यो फिल्म निर्माण गरेकी हुन् । सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्मले कथित बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा पेश गर्छ । फिल्मको शीर्ष भूमिकामा समेत केकी स्वयं देखिएकी छन् ।

फिल्ममा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला र सविन बास्तोलाको अभिनय छ । केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा हल रिलिजसँगै अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन गर्ने तयारी छ ।

About The Author

Loading...

अन्य समाचारहरु: