Wed. Apr 17th, 2024

नीलकण्ठको रामकोटमा आरोहण शिक्षालय स्थापना


धादिङ -धादिङको नीलकण्ठ नगरपालिका–८, रामकोटमा आरोहण शिक्षालय स्थापना गरिएको छ । अनन्त आशा नामक अमेरिकन संस्थाको सहयोगमा स्थापना गरिएको शिक्षालयको आज औपचारिक उद्घाटन गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय संघीय सांसद श्याम घिमिरे, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना र अनन्त आशा अमेरिकाका अन्तराष्ट्रिय निर्देशकद्धय डियाना बोक्सचार्ड, रेण्डल कृङवाल संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।


उद्घाटन कार्यक्रममा बोल्दै अतिथिहरुले शिक्षालय स्थापनाले स्थानीयहरुको क्षमता र सीप विकासमा सहयोग पुग्ने बताएका थिए । शिक्षालय मार्फत अहिले तीन वर्षको लागि दुई करोड ९७ लाख बजेटमा श्रोतकेन्द्र स्थापना गरी विभिन्न तालिम तथा संचालन गर्ने सम्झौता भएको छ ।


विशेषगरी महिला र जनजाती समुदायलाई समेटेर आयआर्जनसंग संबन्धित विभिन्न सीप सिकाउने, विद्यालयहरुलाई समेत सहयोग हुने खालको कार्यक्रमहरु संचालन गरिने वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: