Mon. Jan 13th, 2025

कांग्रेसले उपनिर्वाचनका लागि चैत १८ मा उम्मेदवार चयन गर्ने

काठमाडौं -नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको छ ।

कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा ९क० सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने भएको हो ।

सभापति शेरबहादुर देउवाले १८ चैतमा उम्मेदवार चयन गरिने जानकारी गराएको इलामका सभापति डम्बर खड्काले जानकारी दिए । ‘सभापतिले १८ गते उम्मेदवारको निर्णय गरिने बताएका छन्,’ सभापति देउवासँगको भेटपछि उनले भने ।

सभापति देउवाले कसलाई उम्मेदवार बनाउने बारेमा भने केही नबोलेको उनले बताए । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।

About The Author

अन्य समाचारहरु: