Mon. Jun 24th, 2024

भजन गायनमार्फत भारतमा समेत आफूलाई चिनाइरहेकी सिम्पल खरेल

काठमाडौं – कमै संगीतकर्मी हुन्छन्, जो एकै समय भिन्न देशमा चर्चित छन् । पछिल्लो पुस्तामा यस्तो विरलै पाइन्छ । गायिका सिम्पल खरेल यसको उदाहरण हुन्, जसले नेपाली भूगोल पार गर्ने प्रयत्न गरेकी छन् । नेपाली संगीतमा उनी जति रुचाइएकी छन्, भारतमा समेत उत्तिकै लोकप्रिय । भक्तपुरकी सिम्पल एकसाथ नेपाली र हिन्दी गीत गाउँछिन् ।

निकट भविष्यमा अंग्रेजी गीतमा पनि सिम्पललाई सुन्न पाइनेछ । गायिका, कम्पोजर, मोडल र गीतकारको रुपमा उनी यतिबेला दर्शकमाझ चिनिएकी हुन् । उनी जोडिएका झण्डै दर्जन गीतलाई एक करोडभन्दा बढी पटक युट्युबमा हेरिएको छ । कमल खत्रीसँगको सहकार्यमा बनेका केही गीत धेरै हेरिने सूचीमा छन् ।

उनको भजन ‘राधा रानी लगे’लाई ८ करोड ९७ लाख पटक सुनिएको छ । उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या ३४ लाख छ भने इन्स्टाग्राममा १७ लाख फलोअर्स छन् । स्पोटीफाइमा महिनामा ३ लाख ४७ हजार जनाले सुन्छन् ।

यसबाहेक सिम्पल टिकटक, युट्युब र रिल्समा कन्टेन्ट क्रिएटर पनि हुन् । सौन्दर्य प्रशासन, पहिरन र मेकअपबारेका भिडियो उनी पोस्ट गर्छिन् । संगीतकर्म र कन्टेन्ट क्रिएसनले उनलाई डिजिटल प्लाटफर्ममा बेग्लै पहिचान दिलाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: