Wed. Apr 17th, 2024

उपनिर्वाचन एमालेले जित्छ : ओली

काठमाडौं – सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टी विजयी हुने जिकिर गरेका छन् । उनले इलाम निर्वाचन क्षेत्र नम्बर–२ र बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि योपटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने उल्लेख गरे । तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरूले पार्टी विभाजन गरेर जाँदा पनि धेरै ठाउँमा हारको सामना गर्नुपरेको उनले स्मरण गरे ।

“विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्राविरुद्धको अत्यन्तै खतरनाक गठबन्धन, हामी एकातिर अरू सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नुपरेको थियो,” उनले भने, “र, पराजयको पीडा व्यहोर्नुपरेको थियो । यसपल्ट हामी त्यस पीडालाई सुखद् परिणामतर्फ रूपान्तरित गर्न चाहन्छौँ । परिवर्तन गर्न चाहन्छौँ । यसपटक हामी हार्दैनौँ । यसपटक हामी जित्छौँ ।”

About The Author

Loading...

अन्य समाचारहरु: