Mon. Jan 13th, 2025

इसाई धर्मावलम्बीले मनाए धादिङबेसीमा ईस्टर सन्डे

धादिङ -विश्वभरका इसाई धर्मावलम्बीले आज ईस्टर सन्डे मनाएका छन् । इस्टर सन्डेको अवसरमा आज धादिङबेसीमा पनि र्‍यालीको आयोजना गरिएको छ ।

इसाई धर्मगुरु यशुलाई क्रसमा चढाइएको ३ दिनपछि उनको शरीरमा आत्मा पुनः जागृत भएको भन्ने विश्वासका साथ ईस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार हजारौँ साल पहिला शुक्रबारको दिन यशुको यरुशलमको पहाडमा क्रसमा चढाइएको थियो । त्यसको ३ दिन पछि उनी पुनः जीवित भएका थिए । त्यस दिन आइतबार परेको थियो ।

इस्टर सन्डेलाई यशुको पुनर्जन्म भएको दिनको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनः जीवित भएका यशु थप ४० दिनसम्म बाँचेको र त्यस समय कालमा उनले आफ्ना अनुयायीलाई शिक्षा दिएको र त्यसपछि स्वर्ग गएको उल्लेख छ । त्यसैले आजको दिन इसाई धर्मावलम्बीले अण्डाको विशेष सजावट गरेर एक अर्कालाई उपहार स्वरूप दिन्छन् जसलाई नयाँ जीवनको सुरुवातको रूपमा लिने गरिन्छ ।

About The Author

अन्य समाचारहरु: