Fri. Jan 17th, 2025

चीनबाट सकारात्मक परिणाम आउँछ : परराष्ट्रमन्त्री

काठमाडौं -उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमण सफल भएको बताएका छन् । सात दिने भ्रमण पूरा गरी सोमबार बिहान काठमाडौं आइपुगेका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै आफ्नो चीन भ्रमणबाट सकारात्मक परिणाम आउने बताएका हुन् ।

नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिए । उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ थियो ।

प्रतिपक्षले विदेश डुलेको भनेर आलोचना गरेको सन्दर्भमा राखिएको जिज्ञासामा उनले भने, ‘विदेशमन्त्रीहरुले, विश्वमा देख्नुभयो भने आफ्नो देशमा बसेर कम, बाहिर बसेर बढी काम गर्छन् । यो मेरो भ्रमण पनि अत्यन्तै उपलब्धिमुलक भएको छ ।’
उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए ।

About The Author

अन्य समाचारहरु: