Wed. Apr 17th, 2024

यूएस ओपन अन्तर्राष्ट्रिय करातेमा धादिङकी एरिकाले जितिन् स्वर्ण

धादिङ-अमेरिकाको‌ टेक्ससमा जारी युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छिन्।

नेपालकी कराते स्टार एरिका गुरुङले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यू–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन्। फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी थिइन्।

नेपालकी कराते स्टार एरिकाले जारी प्रतियोगितामा यू–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जितेकी हुन्।

फाइनलमा उनले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गरेकी हुन्।यस्तै एरिका युएस ओपन अन्तर्राष्ट्रिय करातेको ६८ केजी माथि (सिनियर)खुलातर्फ पनि फाइनलमा पुगेकी छन्।

गत असोजमा चीनमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल भएकी थिइन् ।

About The Author

Loading...

अन्य समाचारहरु: