Sun. Apr 21st, 2024

हरिवंश उत्कृष्ट अभिनेता,अभिनेत्रीमा स्वस्तिमा उत्कृष्ट

काठमाडौँ – पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सोमबार सम्पन्न भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ महोत्सवमा उत्कृष्ट चलचित्र घोषित भयो ।

छोटो फिल्मतर्फ ‘घुर्रा’ सर्वश्रेष्ठ बन्यो । अभिनेत्रीतर्फ स्वस्तिमा खड्का उत्कृष्ट बनिन् । ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको पुरस्कार जिते । सोही फिल्मबाट प्रदीप भट्टराई उत्कृष्ट निर्देशक बने ।

‘छक्कापन्जा ४’बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले ‘जुरी मेन्सन अवार्ड’ पाए । वृत्तचित्र ‘थिम’, ‘दिअर ईज नो टुमारो’, ‘मकै विवाह’, ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ पनि अवार्ड प्राप्त गरे ।

स्पेसल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ले प्राप्त गरे । लघु चलचित्र ‘साउन्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड प्राप्त गरे । उत्कृष्ट राष्ट्रिय फिल्मतर्फ १५ र अन्तर्राष्ट्रिय फिल्मतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।

भारतको ‘मुझे स्कुल नही जाना’, बेलायतको ‘नो फ्रिडम नो आर्ट’, बङ्गलादेशको ‘डियर सत्यजित’, पाकिस्तानको ‘ईन्टरभल’, बहराइनको ‘शैख अल तानवीर’, भारतको ‘शट बुट थ्री’, साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ले पनि पुरस्कार प्राप्त गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: