Sun. Sep 8th, 2024

लाङटाङको फोटो प्रदर्शनी त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा लाङटाङको फोटो प्रदर्शनीमा राखिएको छ । त्रिवि केन्द्रीय पुस्तकालय र प्राणीशास्त्र केन्द्रीय विभागको संयुक्त आयोजनामा आजदेखि ुदुई दशकमा लाङटाङ स् प्रकृति, विविधता, भूकम्प र जीवनु शीर्षकमा फोटो प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीमा राखिएका फोटो वाशिङ्टन विश्वविद्यालयका प्राध्यापक रायन्डल सी काइज, त्रिविका प्राध्यापक मुकेश चालिसे, नेपाल इन्जिनियरिङ कलेजका डाक्टर नारायणप्रसाद कोजू र कलाकार बालकृष्ण बनमालाले खिच्नुभएको हो । उनिहरुलेअनुसन्धान र तालिमका अवसरमा लाङटाङमा जाँदा सन् २००२ देखि २०२३ सम्म दुई दशकमा खिचिएका फोटो मध्येबाट एक सयबाट छानिएका फोटो प्रदर्शनीमा राखिएको पुस्तकालकाय सूचना अधिकारी विजय शर्माले जानकारी दिए।

About The Author

अन्य समाचारहरु: