Sun. May 19th, 2024

बढ्दो व्यापारसँगै हेलिकोप्टर थपिँदै , १२ कम्पनीका ३६ वटा हेलिकोप्टर सञ्चालनमा

पर्यटकीय याम सुरु भएसँगै हेलिकोप्टरको व्यापार बढेको छ । पर्यटकीय गतिविधि बढेसँगै हेलिकोप्टरको माग पनि बढेको छ । विशेष गरी हिमाली क्षेत्रमा जाने पर्यटकका कारण हेलिकोप्टरको माग बढ्दो भएको हेली एभरेष्टका बजार प्रमुख सिताराम सापकोटा बताउँछन् ।

‘वसन्त ऋतुमा हेलिकप्टरको व्यापार राम्रो हुन्छ, व्यापार राम्रो हुनका लागि एउटा हेलिकप्टरले दैनिक औसतमा आठ घण्टा उड्नुपर्छ’, उनले भने, ‘अहिले दैनिक पाँचदेखि छघण्टासम्म उडान भइरहेको छ । यो बढ्दो छ ।’ बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले हालै हेलिकोप्टरको सङ्ख्या बढाएको छ ।

‘सिजनमा हेलिकप्टरको माग उत्साहबर्द्धक हुन्छ । हेलिकप्टर भित्र्याएर बजार बिस्तार गर्ने योजनामा व्यवसायी छन्’, उनले भने, ‘हामीले पनि नयाँ एक थान हेलिकप्टर थप गरेका छौँ ।’

कम्पनीले एयरबस बीथ्री–२०१९, कलसाइन नाइन–एन एओबी हेलिकप्टर थप गरेको हो । यससँगै हेलि एभरेष्टका हेलिकोप्टरको सङ्ख्या चार पुगेको छ । कम्पनीले यसअघि गत असोजमा तेस्रो हेलिकप्टर थपेको थियो ।

यसअघि चैतको पहिलो साता मनाङ एयरले नयाँ हेलिकप्टर ल्याएको थियो । कम्पनीले एच १२३ ९बीथ्रीई० हेलिकप्टर ल्याएको हो । यस्तै, मुस्ताङले एउटा हेलिकप्टर थपेको छ । अल्टिच्युड एयरले पनि हेलिकोप्टर थप्ने योजना बनाएको छ ।

हेली एभरेष्टका बजार प्रमुख सापकोटाले थप एक थान हेलिकप्टर थप्ने कम्पनीको योजना रहेको बताए । ‘अर्को वर्षमा पाँच वटा हेलिकप्टर पुर्याउने योजना छ’, उनले भने, ‘नियामक प्राधिकरणले हेलिकप्टर कम्पनीसँग पाँच वटा पुर्‍याउन भनेको छ, तीन वटा हेलिकप्टर नभए नवीकरण नै नहुने व्यवस्था छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का अनुसार नेपालमा १२ वटा हेलिकप्टर कम्पनीसँग ४० वटा हेलिकप्टर छन् । यीमध्ये ३६ वटा हेलिकप्टर सञ्चालनमा छन् । नेपाली सेनासँग छुट्टै छ थान हेलिकप्टर छन् ।

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अहिले सञ्चालनमा रहेका बाहेक थप दुई हेलिकप्टर कम्पनी आउने प्रक्रियामा रहेको बताए । उनले भने, ‘सञ्चालनमा रहेका १२ बाहेक थप दुई हेलिकप्टर कम्पनी सञ्चालनको प्रक्रियामा छन् । वायुसेवा सञ्चालन तथा अनुमति प्रमाणपत्र ९एओसी० लिने चरणमा छन् ।’

भूधरातलीय अवस्थाले नेपालमा हेलिकप्टर सेवा निकै प्रभावकारी मानिन्छ । महङ्गो भएपनि अत्यावश्यक काम, आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकोप्टरको प्रयोग गरिँदै आएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: