Thu. May 23rd, 2024

सिद्धलेकमा भोलिदेखी सुरु हुदै वडास्तरीय पुरुष भलिबल

धादिङ– सिद्धलेक गाउँपालिका वडा नं- ३ स्थित सलाङ ईटपानीमा भोलिदेखी वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०८१ को अवसरमा भोलि १ गतेदेखी सुरु हुन लागेको पुरुष प्रतियोगिता सिद्धलेक गाउँपालिका वडा नं-३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुने टिमले २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ। साथै बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्टर ब्लकर, बेस्ट सर्भरलाई सम्मान गरिने छ , आयोजकले भने ।

यसअघि एनभिए र प्रदेश स्तरिय खेल खेलिसकेका खेलाडीले खेल्न नपाउने भनिएता पनि हाल देशभरबाट एउटै वडाका जस्तोसुकै खेलाडीले पनि खेल्न पाउने गरि खुल्ला गरिएको छ । अहिले टिम दर्ताको प्रक्रिया चलिरहेको क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर इटनीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: