काठमाडौँ – इजरायलस्थित नेपाली राजदूतावासले अतिआवश्यक बाहेकका काममा घरबाट बाहिर ननिस्कन नेपालीलाई आग्रह गरेको छ ।
राजदूतावासले आइतबार एक सूचना जारी गर्दै त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घर वा आश्रयस्थलबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।
इजरायलमाथि इरानी हमला सुरु भएपछि तेल अबिबस्थित नेपाली दूतावासले यस्तो सूचना जारी गरेको हो ।
दूतावासको सूचनामा लेखिएको छ, ‘हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्। आगामी सोमबार राती ११ बजे सम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभारभेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाकालागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’