Tue. Apr 30th, 2024

‘डिग्री माइला’को उत्साहजनक ओपनिङ, दयाहाङले हलमै मनाए जन्मदिन

काठमाडौं – रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’ले पहिलो सप्ताहन्त देशैभर आक्रामक व्यापार गरेको छ । आइतबार पनि फिल्मको अकुपेन्सी ५० प्रतिशतभन्दा माथि छ, जुन उत्साहजनक हो ।

शुक्रबार र शनिबार फिल्मले घरेलु बक्स अफिसमा उत्साहजनक कमाइ गरेको वितरण कम्पनी काफिया फिल्म्सले जनाएको छ । ‘पहिलो सप्ताहन्त जुन दर्शकको फ्लो देखिएको छ, यो ट्रेन्ड केही समय यस्तै रहिरहने हाम्रो प्रक्षेपण छ,’ वितरक शाहीले अनलाइनखबरसँग भने ।

नयाँ वर्षको बिदाको दिन शनिबार काठमाडौंका प्रमुख मल्टिप्लेक्ससहित देशका ठूला स्टेसनमा ‘डिग्री माइला’को अकुपेन्सी शतप्रतिशत देखियो । उक्त दिन बिहानैदेखि शो खचाखच रहे । शनिबार राति हलले ११स्४५ बजेको शो समेत उपलब्ध गराएका थिए । केही हलले शो संख्यामा पनि वृद्धि गरेका छन् ।

फिल्मका शीर्ष अभिनेता दयाहाङ राईले शनिबारै जन्मदिन पनि मनाए । हल–हलमा पुगेर उनले दर्शकको प्रतिक्रिया बुझे र हलमै केक काटेर जन्मदिन मनाए । गत वर्ष पनि ‘जारी’ प्रदर्शनको समय हलमै केक काटेर जन्मदिन मनाएका थिए ।

About The Author

Loading...