काठमाडौं -बलात्कार अभियोग लागेका न्यायाधीश भुवन गिरी ९ निलम्बित० कारागार चलान भएका छन । गिरीलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
काठमाडौं जिल्ला अदालतमा सोमबार हाजिर भएका गिरीलाई अदालतले डिल्लीबजार पठाउन आदेश दिएको छ । २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले संयुक्त इजलाशले गिरीलाई थुनामा राख्न आदेश दिएको थियो । सो आदेशपछि गिरी जिल्ला अदालतमा हाजिर भएका हुन ।