Wed. Dec 4th, 2024

कुलेश्वरदेखि स्वयम्भूसम्म दैनिक छ घण्टा बिजुली बन्द हुने

राजधानीका विभिन्न स्थानमा चार दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले भोलिदेखि शनिबारसम्म दैनिक ६ घण्टा विद्युत आपूर्ति प्रभावित हुने जानकारी दिएको छ ।

जसअनुसार स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो कन्डक्टर ९तार० लाई नयाँ कन्डक्टरमा परिवर्तन र मर्मत गर्नुपर्ने भएकोले विद्युत आपूर्ति प्रभावित हुने भएको हो ।

कुलेश्वर र बालाजु वितरण केन्द्रअन्तर्गत सीतापाइला, इचङ्गु फिडरसहित एलटी लाइनमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । सीतापाइला फिडरअन्तर्गत सोल्टी दोबाटो, मुसलमान टोल, ज्योती एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालयमा बिजुली आपूर्ति बन्द हुने छ ।

About The Author

अन्य समाचारहरु: