Sun. May 19th, 2024

जानकी मन्दिरबाट सुदर्शनले थाले ‘रावायण’को छायांकन

काठमाडौं – निर्देशक सुदर्शन थापाले जनकपुरस्थित जानकी मन्दिरबाट आफ्नो ‘महत्वाकांक्षी’ फिल्म ‘रावायण’को छायांकन थालेका छन् । कलाकार र प्राविधिकको उपस्थितिमा सोमबार बिहान पूजाआजा गर्दै छायांकन थालिएको हो । प्रमुख कलाकार पूजा शर्मा, पल शाह, प्रमोद अग्रहरिले क्यामेरा पूजा गरे ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बन्न लागेको हो । यो फिल्ममा पल, पूजा र प्रमोदसँगै प्रियंका कार्की, निकिता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको पनि अभिनय हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: