Mon. Jan 13th, 2025

गृहमन्त्री लामिछानेलाई बर्खास्त गर्न माग गर्दै राप्रपाको टोली सिडिओ कार्यालयमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्काल बर्खास्त गरी हत्या आरोपमा कारबाही गर्न माग गरेको छ ।

संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसी नेतृत्वको टोलीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । ज्ञापन पत्रमा गृहमन्त्री लामिछानेलाई हत्या अभियोगमा कानुनबमोजिम हदैसम्म कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

शान्तिपूर्ण आन्दोलनका क्रममा राप्रपा नेता ठाकुरप्रसाद डाँगीको ज्यान गएको र त्यसमा गृहमन्त्री लामिछाने प्रत्यक्ष दोषी रहेको संगठनको आरोप छ । डाँगीलाई शहीद घोषणा र उनको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि सरकारसँग राखेको छ ।

गत चैत २७ गते काठमाडौं केन्द्रित राप्रपाको बृहत जनप्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । सोबाट गम्भीर घाइते भएका डाँगीलाई तत्काल छाउनी अस्पताल पुर्याइएको थियो ।

About The Author

अन्य समाचारहरु: