काठमाण्डौ – सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा भोलि मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कतारका राजा अमिरको भ्रमणका क्रममा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए।
कतारका राजाको भ्रमणका क्रममा पर्यटन तथा विभिन्न मन्त्रालयअन्तर्गतका सम्झौता हुने प्रवक्ता शर्माले बताए। नेपाललाई फाइदा हुने ढङ्गले कतारका राजासँग सम्झौता हुने उनको भनाइ छ ।
कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो ।