Fri. May 24th, 2024

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले सोमबार ललितपुरको गोदावरीमा आयोजना गरेको हीरक महोत्सवका अवसरमा पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको हो।

पूर्वराष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीले उक्त सम्मान अर्पण गरेका हुन्।

समारोहमा पूर्वप्रधानमन्त्रीहरू एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत पनि उपस्थित थिए।

About The Author

Loading...

अन्य समाचारहरु: