धादिङ-भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौ तर्फ आउदै गरेको ना ४ ख ८६१७ नम्बरको ट्रकमा आगलागी भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा एक्कासी आगो लागेको हो । केमिकलहरु आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील बिकको भनाई छ ।
गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुबै तर्फी सवारी रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकोले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थलमै आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।