Sun. May 19th, 2024

कतारका अमिरको सुरक्षा व्यवस्थाको कमान्ड सेनाले गर्ने

काठमाडौं -कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुईदिने नेपाल भ्रमणका निम्ति चारवटै सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा पारेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग ९गुप्तचर०ले आ–आफ्नो सुरक्षा योजना बनाएका हुन् ।

त्योबाहेक चारवटै सुरक्षा निकायले छुट्टै एकीकृत सुरक्षा योजनासहित काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेका छन् । एकीकृत सुरक्षा योजनाको कमान्ड नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको नेतृत्वमा तयार पारिएको छ । सिग्देल प्रधानसेनापतिपछिका दोस्रो तहका सैनिक अधिकारी हुन् । उनको कमान्डमा रहेको उच्च तहको सुरक्षा समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) छन् ।


सिग्देलकै कमान्डको टोली अमिरको भित्री सुरक्षा घेरामा राखिनेछ । जसमा सैनिक मात्र रहने स्रोतको भनाइ छ । अमिर हिँड्ने सडकदेखि हरेक भेटघाट र कार्यक्रमस्थलको पहिलो सुरक्षा घेरामा समेत नेपाली सेना नै रहनेछ ।

जिल्ला सुरक्षा समितिले पनि अमिर थानीको सुरक्षाका निम्ति आफ्नो छुट्टै विशेष सुरक्षा योजना बनाएर काम गरिरहेको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने अतिविशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन समन्वय समितिमा चारै सुरक्षा निकाय र ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू सदस्य छन् ।

अमिर थानीको भ्रमणदलमा कतार सरकारका १० मन्त्री समेत हुनेछन् । अमिरको स्वागतका निम्ति राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमै पुग्ने तयारी छ ।

About The Author

Loading...

अन्य समाचारहरु: