Sun. Feb 9th, 2025

कैलाली घटनामा मारिएकाहरुको सम्झनामा धादिङबेसीमा दिप प्रज्वलन (फोटो सहित)

deep prajyalan dhadig 1
८ भदौ, धादिङ – सोमबार कैलालीको टिकापुरमा आन्दोलनकारी र प्रहरीवीच भएको झडपमा परी ज्यान गुमाएकाहरुको सम्झनामा सदरमुकाम धादिङवेसीमा दीप प्रज्वलन गरिएको छ । स्थानीय युवाहरुद्धारा मंगलबार धादिङबेसीको बीचबजारमा बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित दिवंगत भएका प्रहरी र स्थानीयहरुको आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको छ ।

deep prajyalan dhadig 2

पछिल्लो समय देशका विभिन्न ठाउँमा अधिकार माग्ने नाउमा भइरहेको आमहड्ताल र आन्दोलनमा साम्प्रदायिक सद्भाव भड्काउने खालको गतिविधि भइरहेको अवस्थामा सवै पक्ष र सरोकारवालाहरुलाई संयमित भइ आन्दोलन गर्न आग्रह गर्दे साम्प्रदायिक सद्भाव कायम राख्न अपिलका साथ दीप प्रज्वलन गरिएको हो ।

deep prajyalan dhadig 4

सामाजिक संजालहरुमा सुचना प्रवाह गरेर धादिङका युवाहरुले स्वतस्फुर्त आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा धादिङका प्रहरी प्रमुख सविन प्रधान तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।

deep prajyalan dhadig 5

कार्यक्रमका सहभागीहरुले एक नेपालीले अर्का नेपालीविरुद्ध हत्या हिंसामा नउत्री समाजमा शान्ति र सद्भाव कायम गर्न आग्रहका साथ प्लेकार्डहरु प्रदर्शन गरेका थिए । कार्यक्रममा देशका विभिन्न ठाउँहरुमा भइरहेको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको संझनामा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

deep prajyalan dhadig 3deep prajyalan dhadig 6

About The Author

अन्य समाचारहरु: