Sun. May 19th, 2024

सामान्य अंकले घट्यो सेयर बजार

काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ३।२४ अंकले घटेर १९६५।९३ को विन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ०.३७ अंकले घटेर ३४८.१८ को विन्दुमा ओर्लेको छ। आज २ अर्ब ३६ करोड ६९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ५ वटामात्रै बढेको छ भने ८ वटामा गिरावट आएको छ। ८८ कम्पनीको सेयरभाउ बढ्दा १४९ वटाको घटेको छ भने ७ वटाको स्थिर रहेको छ।

मल्टीपपर्स फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ६३ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: