Wed. Jan 22nd, 2025

चीनले नेपालीसँग वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने

काठमाण्डौ – चीनले नेपालीसँग मे १ अर्थात् यही वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने भएको छ । काठमाण्डौमा रहेको चिनियाँ दूतावासले आज सूचना निकालेर सन् २०२४ मे १ देखि चीन जानका लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको जानकारी गराएको हो ।

भिसा शुल्क नलिए पनि एक्सप्रेस फीु र सर्भिस फीु भने लिने दूतावासको सूचनामा उल्लेख छ । नेपालका लागि चीनका राजदूत छन सोङले ट्वीट गर्दै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरेको बताएका छन् ।

About The Author

अन्य समाचारहरु: