Sun. May 19th, 2024

भिसा नआउँदा बेलायत जानबाट रोकिए नेपाली फुटबल टोली

काठमाडौं -अभ्यास खेलका लागि इङल्याण्ड जान लागेका नेपाली फुटबल टिमका सदस्य समयमा भिसा नआउँदा नेपालमै रोकिएका छन् ।

नेपाली खेलाडीहरु मंगलबार बिहान साढे ९ बजे, दिउँसो १ बजे र साँझ ७ बजे फरक फर्क फ्लाइटमा बेलायत जाने तयारीमा थिए । तर भिसा नआएका कारण खेलाडी, प्रशिक्षक र अफिसियलहरु यही रोकिएका अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

नेपाली खेलाडीसहित ३५ जनाको टोलीको भिसा भारतस्थित बेलायती दूतावासले जारी गर्ने गर्छ । भारतबाट उनीहरुको भिसा आउन ढिलाइ भएका कारण पूर्वनिर्धारित फ्लाइटमा जान नपाएका हुन् ।

About The Author

Loading...

अन्य समाचारहरु: