Fri. May 24th, 2024

बलात्कार प्रयास कसुरमा चारवर्ष कैद सजाय


धादिङ-३० वर्षीया महिला बलात्कार प्रयास गरेको कसुरमा सिद्धलेक गाउँ पालिका-१ का ३६ वर्षीय राजेन्द्र लम्साललाई जिल्ला अदालत धादिङले ०८१ बैशाख १६ गते चारवर्ष कैद र १ लाख ५० हजार जरिवाना गर्ने सजायको फैसला गरेको छ ।

जिल्ला न्यायधिस गोपाल प्रसाद पराजुलीको इजलासले कसुरदारबाट असुल गरिएको रकममध्ये पीडितलाई एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले बताए ।

आरोपितले ०८० कात्तिक २४ गते बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले कात्तिक २५ गते जिल्ला प्रहरी कार्यालय धादङमा उजुरी दिएका थिए । कात्तिक २५ गते धादिङ अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण भयो ।
जिल्ला अदालतमा बलात्कार प्रयास गरेको मुद्दा मंसिर १८ गते दर्ता भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: