Tue. Dec 3rd, 2024

वेस्ट इन्डिज ‘ए’ सँगको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित

काठमाण्डौ – वेस्ट इन्डिज ुएु टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको छ ।

वेस्ट इन्डिज ए ले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा १ सय ५१ रनमा अल आउट भयो । नेपालका लोकश बम र करण केसीले समान २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४ । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । वेस्ट इन्डिज ए का हेडन वाल्शले ३, गुदाकेश मोटीले २ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायो । वेस्ट इन्डिज ुएु का ओपनर ब्याटर जोनसन चार्ल्सले शतक बनाए । चार्ल्स ५९ बलमा १ सय १९ रन बनाएर नट आउट रहे । यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।

योसँगै पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा वेस्ट इन्डिज ए ले २–१ ले अग्रता लिएको छ । यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई चार विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १० रनले हराएको थियो । शृङ्खलाको चौथो खेल भोलि र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ ।

About The Author

अन्य समाचारहरु: