Mon. Jan 13th, 2025

धादिङको थाक्रेमा आगोलागी हुँदा दुई जनाको मृत्यु

धादिङ-धादिङको थाक्रे गाउपालिका-५ पुरानडाडास्थित घट्टेखोला भन्ने ठाउँमा आगोलागीबाट दुइ जनाको मृत्यु भएको छ।

बुधबार राती आफ्नै घरमा आगलागी हुँदा अन्दाजी ७० वर्षीय तेज बहादुर लामा र उनकी श्रीमती ठुली लामाको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको हो । घरमा भएका अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए ।

राती करिव ११:३० बजे घरमा आगो लागेको खबर पायौं । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा आगोले जलेर मृत्यु भइसकेको थियो । हामी थप अनुसन्धान गर्दैछौुं, प्रहरी उपरीक्षक केसीले भने ।

थाक्रे गाउँपालिका- ५ का वडा अध्यक्ष सन्त बहादुर लामाका अनुसार रातीको समयमा एक्कासी घरमा आगो लाग्दा भाग्न नभ्याएर दम्पतीको जलेर मृत्यु भएको थियो । कच्ची घरको चोटामा सुत्ने गरेका रहेछन् । सुत्ने ठाउँ भन्दा मुनीपट्टी गाईवस्तुलाई ओछ्यान ल्याएर राखेको पत्त्करहरु पनि थिए । गहुँको छवालीहरु


पनि राखेको रहेछ । बत्तीको मिटर पनि त्यही रहेछ । वारीपारीका मान्छेहरुले बिजुलीको तारमा झिल्का निस्किएको देखेका रहेछन्, अध्यक्ष लामाले भने- अहिलेसम्म सबैले करेन्ट सर्ट भएर एक्कासी आगो दन्किएको र रातीको समयमा भाग्न नभ्याएर अथवा आगो निभाउन कोशिस गर्दा वृद्ध दम्पतीको जलेर मृत्यु भएको अनुमान छ ।

About The Author

अन्य समाचारहरु: