Sat. Jul 20th, 2024

धादिङका पाँच विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

???????????????????????????????
धादिङ – भूकम्पबाट प्रभावित बनेका धादिङका विभिन्न ५ वटा विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

हिन्दु स्वंयसेवक संघ नेपालको सहयोगमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल धादिङले कापी, कलम, झोला लगायतका शैक्षिक सामग्री वितरण गरेको संस्थाले जानकारी दिएको छ ।

???????????????????????????????

नीलकण्ठ नगरपालिका ११ मा रहेको सांकोष उच्च माध्यमिक विद्यालयका १ सय ५ जना, पशुपति माध्यमिक विद्यालयका १०० जनालाई शैक्षिक सामग्री वितरण गरिएको हो । त्यसैगरी नीलकण्ठ नगरपालिका ८ मा रहेको मेलमिलाप कंकाली प्राथमिक विद्यालयका ६८ जना र रत्नदेवी प्राथमिक विद्यालयक ६५ जना र गायत्रीदेवी प्राथमिक विद्यालयका ४८ जना विद्यार्थीहरुलाई सामग्री वितरण गरिएको प्राज्ञिक विद्यार्थी परिषद धादिङकी सदस्य ज्ञानीमाया गुरुङले बताईन् ।

???????????????????????????????

बैशाख १२ गते गएको विनाशकारी भूकम्पले घरसँगै किताब कापी लगायतका सामानहरु पनि पुरिएका कारण पठनपाठनमा समस्या परेको थियो । शैक्षिक सामग्री पाएपछि विद्यर्थीहरु खुसी भएका थिए ।

???????????????????????????????

About The Author

Loading...

अन्य समाचारहरु: