Thu. May 23rd, 2024

क्रिकेट मैदानका कर्मचारीलाई ‘मनसरा’ले गर्‍यो पुरस्कृत

काठमाडौं – फिल्म ‘मनसरा’ अहिले हलमा सकारात्मक प्रतिक्रियासहित प्रदर्शन भैरहेको छ । फिल्मले प्रिमियरमा पनि पर्दा पछाडि बसेर काम गर्ने प्राविधिकलाई पुरस्कृत गरेको थियो ।

नेपाल र वेस्ट इन्डिज ए बीच भएको ५ खेलको सिरिजमा पनि फिल्मले सहकार्य गरेको थियो । खेलको अन्तिम दिन शनिबार फिल्मले मैदानमा काम गर्ने कर्मचारीलाई सघाएको छ ।

मैदानमा काम गर्ने कर्मचारीलाई हौसला मिलोस् भनेर १ लाख नगदले सम्मान गरिएको निर्माता शैलेन्द्र कार्कीले बताए । यो फिल्मले यसअघि नेपालका खेलाडीलाई पनि पुरस्कृत गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: