Thu. May 23rd, 2024

लुतो कस्तो रोग हो ? यसबाट कसरी बच्ने ?

चिलाउने रोग लुतो भनी चिनिने एउटा यस्तो रोग जुन सररफाइमा ध्यान नदिँदा र संक्रमित मान्छेको सम्पर्कमा आउँदा लाग्छ ।
आज पनि गाउँधरतिर लुतो लागेमा तितेपाती लगाउने चलन छ । तर यो रोगबाट बच्नको लागि सरसफाइमा ध्यान र यसको उपचारको लागि अस्पताल जान आवश्यक छ ।

लुतो कस्तो रोग हो रु यो कुन उमेर समूहका मानिसहरूमा लाग्ने हुन्छ ?

लुतो सबै उमेर समूहका मानिसलाई हुन सक्ने एक सरुवा रोग हो । यो ह्युमन प्यारासाइड सार्कोपटेस स्काबी नामक किटाणुको संक्रमणले गर्दा लाग्छ ।

यो एक जनाबाट अर्को व्यक्तिमा सजिलै सर्छ। यो रोग सरसफाइमा उचित ध्यान नदिँदा आउने गर्छ । यो रोग सरुवा भएको हुँदा लुतो लागेको व्यक्तिको सम्पर्कमा रहेमा, बच्चालाई लुतो भएमा आमालाई पनि सर्छ भने संक्रमितको लुगाहरू लगाएमा अथवा लुतो लागेको व्यक्तिसँग शारीरिक सम्पर्क राखेमा यो रोग सर्ने गर्छ ।

यसका लक्षणहरू के के हुन् ?

लुतो लाग्ने बित्तिकै यसको लक्षण देखिँदैन । यो रोग लागेको दुई देखि ६ हप्ताभित्रमा यसका लक्षण देखिने गर्छ । यो रोगको प्रमुख लक्षण भनेको चिलाउनु हो । यो रोग लागेमा शरीरका विभिन्न भागमा स(साना राताराता बिबिरा जस्ता घाउहरु देखिन्छन् भने पानी भरिएको जस्तो सानासाना फोकाहरू आउँछन् ।

यस्ता घाउ धेरै कन्याएमा पाक्ने सम्भावना हुन्छ । खासगरी रातिको समयमा शरीर निकै चिलाउने हुन्छ । विशेष गरी औँलाको बिच भाग, काखी, नाइटो वरिपरी, तल्लो पेट र खुट्टाको भित्री भागहरुमा यो रोग लागेमा चिलाउने गर्छ । महिलालाई स्तनमा चिलाउने र पुरुषको अण्डकोषमा चिलाउने हुन्छ । बच्चाहरूमा यो रोग लाग्यो भने भिन्न खालका लक्षणहरू देखिने गर्छन्।

बच्चाहरूमा उनीहरूको हात खुट्टा चिलाउने गर्छ । वृद्धहरूलाई यो रोग लाग्यो भने ढाडमा मसिनो दाना पनि आउने गर्छ । रोगसँग लडने क्षमता कम भएका व्यक्तिहरु र एचआइभी, क्यान्सर रोगी र वृद्धहरुमा यो रोग लाग्यो भने फरक खालको औषधी उपचार गर्नुपर्ने हुन्छ ।

कसरी बच्ने ?

यसबाट बच्न लुतो भएका मानिसहररूको सम्पर्कमा आउनु हुँदैन । यदि परिवारको कुनै एक सदस्यलाई यो रोग लागेको छ भने सबैलाई यो रोग सर्ने सम्भावना रहन्छ । लागेको थाहा भएमा पुरै परिवारको उपचार एकै पटक गर्नुपर्ने हुन्छ र सबै सदस्यहरुले प्रयोग गर्ने सामानहरू जस्तैस् तावल र साबुनहरुको प्रयोग छुट्टै हुनुपर्छ । एक आपसमा लुगाहरू साटेर लगाउनु हुँदैन । यो रोगबाट बच्न सरसफाइ सबैभन्दा महत्त्वपूर्ण पाटो हो । यो वाटर वास डिजिज भएको हुँदा दिनहुँ नुहाउने र सफा लुगाहरुको प्रयोग गर्ने हो भने यो रोगबाट बच्न सकिन्छ । छालारोग विशेषज्ञको सल्लाह अनुरुप औषधिको प्रयोग गर्नुपर्छ । अत्याधिक चिलाएमा नचिलाउने औषधिको सेवन गर्नुपर्छ ।

About The Author

Loading...

अन्य समाचारहरु: