Sun. May 19th, 2024

नारीप्रधान फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय

काठमाडौँ – लक्ष्मण सुवेदी निर्देशित सोसल(ड्रामा फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म साउन ४ गतेदेखि रिलिज हुने जानकारी निर्माताले दिएका छन् ।

बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह(अवरोह र समाजको सोचविरुद्ध महिला पात्र गर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ । फिल्मको शीर्ष भूमिकामा मलिका महतले अभिनय गरेकी छन् ।

फिल्मले यसअघि विशेष प्रदर्शनको क्रममा उत्साहजनक समीक्षा प्राप्त गरिसकेको छ । फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी, तुलसी श्रेष्ठ, इश्वरी सिंह, सन्देश लिम्बु, पवन केसी, जगदीश अधिकारीको अभिनय छ ।

दिलासा र साराको प्रस्तुती रहेको फिल्मको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । दिलाशा क्रियसन र गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा सुवेदीकै पटकथा र संवाद छ ।

बाबु श्रेष्ठले छायांकन गरेको फिल्ममा दीपक शर्मा र सुवास भुसालको संगीत छ । रामजी लामिछानेको नृत्य निर्देशन छ । लमजुङ, तनहुँ, कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको फिल्मले ग्रामीण चलचित्र महोत्सवमा फिल्म, पटकथा र अभिनेतृ विधामा जित हासिल गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: