Fri. Feb 7th, 2025

अनेरास्ववियुद्वारा वृहत शान्ति र सद्भाव ¥याली

akhil ascal
विवेक अर्याल, काठमाडौँ  – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) अमृत क्याम्पस कमिटीले मंगलबार वृहत शान्ति र सदभाव ¥याली निकालेको छ । कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाको विरोध स्वरुप र जातीय सद्भाव कायम राख्न ¥याली निकालिएको कमिटीले जनाएको छ । क्याम्पस अगाडिबाट सुरु भएको ¥याली लैनचौर, दरबारमार्ग घन्टाघर हुँदै शान्तिबाटिकामा पुगेर कोण सभामा परिणत भएको थियो ।

akhil ryaali 2

सभालाई शंकर गौतम, संगम अर्याल, खरप्रसाद अधिकारी, गोपाल नेपालले सम्बोधन गरेका थिए । ¥यालीपछि अनेरास्ववियु अस्कल क्याम्पस कमिटी सचिव गोपाल नेपालले टीकापुरमा ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दिगो शान्ति र जातीय सद्भाव कायम राख्न अनेरास्ववियु सधै अग्रमोर्चामा रहने बताए ।

About The Author

अन्य समाचारहरु: