Wed. Sep 11th, 2024

सयको नयाँ नोट विवाद बारे केपी ओलीद्वारा राष्ट्रपतिसँग जवाफ माग

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०० को नयाँ नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयमा राष्ट्रपतिका विज्ञ सल्लाहकार चिरञ्जिवी नेपालको विरोधप्रति आपत्ति जनाएको छ ।

आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले उक्त धारणा राष्ट्रपति रामचन्द्र पौडेलको हो कि होइनरु भनेर प्रश्नसमेत गरेका छन् । देशको सर्वोच्च संस्था राष्ट्रपति निवासबाटै राष्ट्रियतामाथि विद्धेष फैलाइएको जनाउँदै ओलीले यो विषयलाई एमालेले त्यतिक्कै नछोड्ने चेतावनीसमेत दिएको छ।

नेपालको नक्सा नेपालको नोटमा छापिने भन्दा राष्ट्रपति निवास कराउँछ, कस्तो राष्ट्रपति निवास रु कस्ता सल्लाहकार ?के भएको यो देश ? हामी नेपाली ट्वाँ परेर हेरेका छौँ, ओलीले भन्नुभयो, नेपालको यतिसम्म अहित चिताउने, राष्ट्रिय भावनामा विद्वेष भएका व्यक्तिहरु राष्ट्रपति निवासमा गुँड बनाउने ? सर्वोच्च निकाय, सर्वोच्च संस्था राष्ट्रपति कार्यालय त्यहाँ सर्पको गुँड ? के भएको यो । हामी दरैगरी यस कुराको छिनोफानो खोज्नेछौँ । विज्ञ सल्लाहकार राष्ट्रपतिको बोली बोल्नका लागि त्यहाँ राख्ने हो । आवाजका लागि त्यहाँ राखिन्छ, यो राष्ट्रपतिको आवाज हो की होइन, हामी सोध्न चाहान्छौँ ।’

राष्ट्रपति पोडेल स्वयं र सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहालले यसबारे जवाफ दिनुपर्ने उनको माग छ । संसदको बैठकमा एमालेको तर्फबाट सो विषयमा आवाज उठाउन पनि ओलीले सांसदहरुलाई निर्देशन दिएका छन् । राष्ट्रपति कार्यालयमा राष्ट्रहित विपरित बोल्ने व्यक्तिहरु किन राखेको ? उनले आक्रोशित हुँदै सोध्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सबै नोटमा र सिक्कामा अनिवार्य नयाँ नक्सा राख्नुपर्नेमा समेत जोड दिनुभएको छ । उनले नेपालले आफ्नो नोटमा नेपालको नक्सा राख्ने कुरालाई कुनैपनि देशले आपत्ति जनाउनुपर्ने विषय नरहेको पनि बताए ।

About The Author

अन्य समाचारहरु: