Sun. Oct 6th, 2024

एमालेका कारण सत्ता समिकरण बिग्रिदैन : एमाले नेता भट्टराई

धादिङ– एमालेका कारण अहिलेको सत्ता समिकरण नबिग्रिने नेकपा एमाले नेता राजन भट्टराईले बताएका छन् । अप्राकृतिक गठबन्धन भत्काएर बनेको अहिलेको सत्ता समीकरणले भविष्यका लागि जनतामा आशाको संकेत देखिएकोले एमालेकै कारण समिकरण नभत्किने बताएका हुन् ।

धादिङको गजुरीस्थित गजुरी गाउँपालिका कमिटिको दोश्रो अधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं विदेश विभाग प्रमुख भट्टराईले समान रणनीतिक लक्ष्य र कार्यदिशा अपनाएका वामपन्थी पार्टीहरू एउटै समीकरण बनाएर अघि बढ्नु प्राकृतिक र स्वाभाविक विषय भएको प्रष्ट पारे ।

‘सरकार निर्माण गर्दा भएको जुन न्यूनतम साझा कार्यक्रममा सहमति भएको छ, त्यसैलाई आधार बनाएर इमानदारीसाथ अघि बढ्ने हो भने देशका लागि धेरै राम्रा काम गर्न सकिने पर्याप्त सम्भावना र आधार छन्’, भट्टराइले भने–‘स–साना दलगत, गुटगत र निजी स्वार्थबाट माथि उठेर काम गर्ने हो भने ०८४ को निर्वाचनसम्म पुग्न नसक्ने कारण छैन ।’

कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता भट्टराइले संकटग्रस्त अर्थतन्त्रमा सुधार ल्याएर मुलुकलाई आर्थिक विकास र सुशासनको बाटोतर्फ उन्मुख गराउन एमालेले  महत्वपूर्ण भूमिका निर्वाह गर्न जरुरी रहेको बताए । चौतर्फी रुपमा बढेको भ्रस्टाचारका गतिविधिलाई नियन्त्रण गरेर देशलाई सुशासनको बाटोतर्फ हिँडाउन एमालेको संगठन बलियो, सक्षम र कामकाजी बनाउनुपर्ने सुझाव दिए ।

‘विकास र समृद्धिको एजेण्डा एमालेको हुनुपर्छ, आफ्नो पालिका, जिल्ला र भुगोलको विकास र समृद्धिको पहल एमालेले गर्नुपर्छ । हरेक कार्यकर्ताले पार्टी र नेतृत्वका बारेमा आत्मविश्वासका साथ संरक्षण गर्न जरुरी छ’, एमालेका स्थायी कमिटि सदस्य भट्टराइले भने । मुलुकको राष्ट्रियता र लोकतन्त्रको संरक्षण गर्दै आर्थिक विकासको आमुल परिवर्तनको लागि एमाले आवश्यक रहेको उनले बताए ।  

शुक्रबारबाट सुरु भएको एमाले गजुरी गाउँपालिका कमिटिको दोश्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

About The Author

अन्य समाचारहरु: