धादिङ– नेकपा एमाले खनियाबास गाउँपालिका कमिटिको अध्यक्षमा उर्गेनवती तामाङ निर्वाचित भएकी छन् । दोश्रो गाउँपालिका अधिवेशनले तामाङको अध्यक्षतामा २३ सदस्यीय पालिका कमिटि चयन गरेको हो ।
खनियाबास गाउँपालिका कमिटिको अध्यक्षमा चयन भएकी तामाङ धादिङ जिल्लाकै इतिहासमा पालिकाको नेतृत्वमा आउने दोश्रो महिला हुन् । यसअघि पालिका कमिटि, जिल्ला कमिटि र २०७४ सालको स्थानीय निर्वाचनपछि जिल्ला समन्वय समितिको सदस्य समेत रहेकी तामाङ खनियाबास गाउँपालिका–४ निवासी हुन् ।
कमिटिको उपाध्यक्षमा रविन कुमार तामाङ, सचिवमा राम प्रसाद तामाङ, उपसचिवमा रुसि तामाङ चयन भएका छन् ।
नेकपा एमाले धादिङले अभियान स्वरुव पालिकाहरुको अधिवेशन गरिरहेको छ । यहि अभियान अन्तर्गत नेकपा एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटा, अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटासहित जिल्ला कमिटिका पदाधिकारी र नेताहरु गाउँ गाउँ पुगिरहेका छन् । जिल्लाका १३ पालिका मध्ये आठ वटा पालिकाको अधिवेशन सकिसकेको छ ।