Fri. Oct 11th, 2024

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा

काठमाडौँ – विवादित अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा। चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आइतबार राष्ट्रपति पौडेलले स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले रु १०० को नोटमा नयाँ चुच्चे नक्सा छाप्ने निर्णय गर्दा त्यसको त्यसको विरुद्धमा अभिव्यक्ति दिएपछि डा। नेपाल विवादमा परेका थिए ।

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका नेपालको विवादास्पद अभिव्यक्तिलाई लिएर नागरिक समूहले पदबाट बर्खास्तीको माग गरेका थिए । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि उनको अभिव्यक्तिलाई लिएर राष्ट्रपति र प्रधानमन्त्रीसँग जवाफ मागेका थिए ।

About The Author

अन्य समाचारहरु: