Sat. Jan 18th, 2025

चाउचाउ खाँदा एक बालकको मृत्यु, पाँच जना बिरामी

भारतमा चाउचाउ खाँदा एक बालकको मृत्यु भएको छ । पिलिभीतस्थित पुरानपुर तहसील क्षेत्रको राहुल नगर चण्डिया हजारा गाउँमा चाउचाउ खाएपछि यस्तो घटना घटेको हो ।

सोहि गाउँकी मणिराजकी छोरी सीमाको विवाह देहरादुन निवासी सोनुसँग भएको थियो। सीमा आफ्ना छोराहरू राहुल र विवेक अनि छोरी सन्ध्यालाई लिएर माइत आएकी थिइन् ।

गत बिहीबार बेलुकी उनीहरू सबैले चाउचाउ र भात खाएका थिए । सीमा,उनकी आमा,छोराहरू राहुल, विवेक र छोरी सन्ध्या, बहिनी सञ्जु र भाउजु सञ्जनाले पनि चाउचाउ र भात खाएका थिए । जसकारण केही समयपछि सबैलाई बान्ता हुन थाल्यो र विस्तारै सबैको अवस्था बिग्रन थाल्यो ।उनीहरू ६ जनालाई फुड पोइजनिङका कारण नै पेट दुख्ने, बान्ता हुने,पखाला लाग्ने समस्या देखिएको थियो ।

शुक्रबार उनीहरू सबैलाई उपचारका लागि निजी क्लिनिकमा भर्ना गरिएको थियो । शुक्रबार राति उनको अवस्था बिग्रँदै गएपछि ७ वर्षिय रोहनको मृत्यु भएको थियो । बाँकी सबैलाई शनिबार एम्बुलेन्समा उपचारका लागि पुरनपुर सीएचसीमा भर्ना गरिएको थियो ।

त्यसपछि चिकित्सकले एक जनाको अवस्था गम्भीर देखेर जिल्ला अस्पताल रिफर गरेका थिए भने बाँकीको हाल सामुदायिक स्वास्थ्य केन्द्र सिएचसीमा उपचार भइरहेको छ ।

About The Author

अन्य समाचारहरु: