Wed. Jan 22nd, 2025

अनलाइनमार्फत यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ

काठमाडौं – अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो ।
उनले सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत उनले यौन व्यवसाय सञ्चालन गरेको प्रहरीको भनाई छ ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी दिने भन्दै अनलाइन यौन क्रियाकलापमा लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्यमा बालबालिकाहरुलाई प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । ग्राहकसँग पहिल्यै रकम लिएर मात्रै भिडिओ च्याटमा बस्न लगाउने गरिएको पाइएको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: