Wed. Jun 12th, 2024

धादिङको कन्टुन्जेमा शनिबारदेखि ३ महिने ढाका बुनाई तालिम सुरु

धादिङ-धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा ५ कन्टुन्जेमा शनिबारदेखि ३ महिने ढाका बुनाई तालिम सुरु भएको छ । जिबिका परियोजना अन्तर्गत ग्रामिण मुखी युवा अभियान रोयम नेपाल र पावल साना किसान कृषि सहकारी संस्था लिमिटिेडको सहकार्यमा तालिम सञ्चालन भएको हो ।

वडा अध्यक्ष हरि अधिकारीको अध्यक्षतामा सम्पन्न भएको तालिम उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष मेगनाथ रिजालको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सिता माया गुरुङको विशेष आतिथ्य रहेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि मेगनाथ रिजालले तालिमको सहि सदुपयोग गर्न सहभागीलाई आग्रह गरेका छन् ।

तालिम लिएर मात्रै हुँदैन, सिपको सहि सदुपयोग गर्न प¥यो प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष रिजालले भने–‘व्यवसाय सञ्चालनको लागि पालिकाले सहयोग गर्छ । तालिममा सिकेका सिपलाई सहि सदुपयोग गर्न सके आत्म निर्भर बन्न सकिने र सिप सिकेर व्यवसायी बन्न ईच्छुक महिलालाई पालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । तालिम सञ्चालन गर्ने संस्थालाई धन्यवाद दिँदै पालिका उपाध्यक्ष सिता माया गुरुङले घरायसी काममा मात्र नभई आयआर्जनको क्षेत्रमा पनि महिलाहरु अघि बढ्नुपर्ने बताए । यस्ता सिप मुलक तालिमले महिलाहरुको जिविकोपार्जनमा महत्वपुर्ण भुमिका खेल्ने उपाध्यक्ष गुरुङको भनाई थियो ।

रोयम नेपालका अध्यक्ष शर्मिला शर्माले स्थानीय सरकार र आम नागरिकबीच सस्थाले पुलको मात्र काम गरेकाले यसमा अझ स्थानीयर सरकार बढी जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिए। तालिम उद्घाटन समारोहमा पाविल साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष चुना माया शाक्य, परियोजना संयोजक अनुप खनाल, जिल्ला संयोजक हरि शरण धिताल लगायतको उपस्थिति रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: