Wed. Jun 12th, 2024

रविको नाम नराखी संसदीय समिति बनाउन दलहरू सहमति नजिक

काठमाडौं -सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरू सहमति नजिक पुगेका छन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदल गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको छ ।

कार्यदल बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको तर अन्तिम निष्कर्षमा नपुगिएको बताए । कांग्रेसले केही समय मागेकाले संसदतिर जाने गरी उठिएको उनले बताए ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर उनी जोडिएको भनिएका सहकारीको नाम राख्ने गरी सहमति भए पनि कांग्रेस नेताहरू आन्तरिक छलफलका लागि बाहिरिएपछि अन्तिम सहमति बाँकी रहेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: