Wed. Jun 12th, 2024

बङ्ग्लादेश र अमेरिकाबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि

काठमाण्डौ – बङ्ग्लादेश र अमेरिकाबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । यो खेल बेलुकी पौने ९ बजे हस्टनमा शुरु हुनेछ ।

शृङ्खलाको दोस्रो खेल पर्सि बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । बङ्ग्लादेशको कप्तानी लिटन दास र अमेरिकाको कप्तानी मोनान्क पटेलले गर्दैछन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअघि यो शृङ्खला दुवै टोलीका लागि महत्त्वपूर्ण छ । नवौँ संस्करणको टी–२० विश्वकप आउँदो जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ ।

About The Author

Loading...

अन्य समाचारहरु: