
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी)अर्यालसँग देशका १३ स्थानमा घरजग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी 9रास्वपा)का उपसभापति समेत रहेका अर्यालले आफ्नो सम्पत्ति विवरणमा १५० तोला सुन र बैंकमा दुई करोड १८ लाख नगद मौज्दात रहेको उल्लेख गरेका छन् ।
उनले मन्त्रिपरिषद्मा बुझाएको सम्पत्ति विवरणमा आफूसँग १०० तोल चाँदी र १० तोला हीरा रहेको समेत खुलाएका छन् ।उनीसँग विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।