काठमाडौं – दक्षिण कोरियाको संस्कृति, खेलकुद र पर्यटन मन्त्रालयले विश्वभर सबैभन्दा लोकप्रिय के–पप कलाकार ९हल्यु वेभ०बारे सर्वेक्षण गरेको छ । विश्वका विभिन्न क्षेत्रमा उनीहरुको प्रभावलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त सर्वेक्षणमा सांगीतिक समूह र एकल कलाकार समावेश छन् ।
पछिल्लो समय के–कल्चरबारे खुलेका विभिन्न २६ मुलुकका १५ देखि ५९ वर्ष उमेरका बासिन्दालाई लक्षित गर्दै सर्भे गरिएको थियो । यदि तपाईं लोकप्रिय ब्यान्डहरु ‘डाइनामाइट’ र ‘पिंक भेनम’का गायकहरु यो सूचीमा हाबी हुने ठान्नुहुन्छ भने त्यो गलत हुनसक्छ । केही ‘सरप्राइज’ नाम यो सूचीमा छन् ।
‘हल्यु लहर’को प्रभावको विश्लेषण गर्न गरिएको आधिकारिक सर्वेक्षणमा चीन, जापान, ताइवान, थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, भारत, भियतनाम, काजाकिस्तान र अष्ट्रेलियालगायत एसिया प्रशान्त क्षेत्रका १० देशलाई समावेश गरिएको छ ।
अमेरिकी महादेशका संयुक्त राज्य अमेरिकासहित क्यानडा, मेक्सिको, ब्राजिल र अर्जेन्टिनामा पनि यसबारे अध्ययन गरिएको छ । मध्यपूर्वमा दुई र अफ्रिकामा दुई मुलुकमा यसबारे सर्भे गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो सर्भेमा चीनको नतिजा स्तब्ध पार्ने कुरा थियो, जहाँ बीटीएस शीर्ष १० मा पनि अटाउन सकेन । चीनमा आईयू, जी–ड्रागन, एक्जो र ब्ल्याकपिंकको दबदबा रह्यो । गर्ल्स जेनेरेसन, साई र बिग ब्यांगजस्ता समूह र कलाकार पनि सूचीमा छन् ।
जापान र ताइवानमा बीटीएस र ब्ल्याकपिंक वा दुवै ब्यान्डप्रति मान्छेको चासो छ । अमेरिका र भारतबीचको भौगोलिक दूरीको बाबजुद पनि आश्चर्यजनक रुपमा समान प्राथमिकता भेटिए ।
यी दुई मुलुकमा बीटीएस, ब्ल्याकपिंक, जङकुक, आइयू, साई, जी–ड्रागन र एक्जोजस्ता नाम निकै रुचाइएका छन् । भारतमा भी र जिमिन जस्ता एकल कलाकारप्रति प्राथमिकता देखाउँदा अमेरिकामा भने न्यूजिन्सलाई पनि रुचाइएको छ ।