Mon. Jan 13th, 2025

सदस्यताको विषयलाई लिएर पत्रकार महासंघ धादिङमा तालाबन्दी

धादिङ– नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता सुद्धीकरणको नाममा श्रमजीवि पत्रकारहरुको हुर्मत लिने प्रयास गरेको भन्दै प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र समाजवादी प्रेस संगठनले महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।

जिल्लामा क्रियाशील चार वटै संगठनहरुको सहमतिसहित जिल्ला शाखाले सिफारिस गरेर पठाएको नाम गलत र अवैज्ञानिक ढंगबाट हेरफेर गरी केन्द्रिय समितिले गैर पत्रकारहरुको नाम स्वीकृत गरी पठाएको विरोधमा तीन वटै संगठनले संयुक्त रुपमा ताला लगाएका हुन् ।

‘नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले सिफारिस नगरेको तर अमुक राजनैतिक दल विशेषको सिफारिसमा प्रदेश समिति र केन्द्रिय समितिले सदस्यता स्वीकृत गरी गलत बाटोबाट गरेको त्रुटिपूर्ण निर्णयको हामी घोर भत्र्सना गर्दै यस्तो गलत निर्णय तत्काल सच्याउन केन्द्रीय समितिसमक्ष जोडदार माग गर्दछौं’, संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुले भनेका छन्–‘महासंघ केन्द्रीय समिति आफैले तयार गरेको शुद्धीकरण मापदण्डको खिल्ली उडाउँदै गरेको पक्षपाती निर्णयको घोर भत्र्सना गर्दै उक्त निर्णय हामीलाई कुनै पनि हालतमा मान्य नभएको जानकारी गराउँदछौं ।’

पत्रकारितामा क्रियाशिल नरहेका व्यक्तिको सदस्यता स्वीकृत गरेको तर पूर्णकालीन पत्रकारिता गर्नेको नाम सूचीबाट हटाएको उनीहरुको आरोप छ । त्रुटिपूर्ण निर्णय नसच्चिए सम्म पत्रकार अधिवेशन, निर्वाचन लगायतका कुनै पनि कार्यक्रम अगाडी बढ्न नदिने चेतावनी दिएका छन् ।

About The Author

अन्य समाचारहरु: