काठमाडौं – आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न बोलाइएको संघीय संसद्को संयुक्त बैठकको समय सरेको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएका हो ।
संसद् सचिवालयले सरकारको अनुरोधमा बजेट प्रस्तुत गर्न बोलाइएको संयुक्त बैठक सारिएको जनाएको छ । ‘सरकारको अनुरोधमा संयुक्त सदनको बैठक दुई घण्टापछि (दिउँसो ३ बजे) का लागि सारिएको छ,’ संसद् सचिवालयले भनेको छ।