आईसीसी टी–२० विश्वकप क्रिकेटको उद्घाटन खेल हुने मैदानमा हावाहुरीका कारण क्षति पुगेको छ । ८० माइल प्रतिघण्टाले चलेको हावाहुरी र ठूलो पानीका कारण अमेरिकाको डलासको स्टेडियममा क्षति पुगेको हो । डलास शहरमा तूफानको साइरन समेत बजेको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०का अनुसार दर्शक बस्ने प्यारापिटमा पनि असर परेको छ । तर, अहिले भएको यो क्षतिले उद्घाटन खेलमा कुनै पनि असर नपर्ने आईसीसीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । खराब मौसमकै कारण अमेरिका र बङग्लादेशबीचको हिजोको अभ्यास खेल रद्द भएको छ ।
टी–२० विश्वकप आउँदो आइतवार अर्थात् जुन २ तारिखदेखि शुरु हुँदैछ । यो विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेका हुन् ।